Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने  उपायहरु


निमोनियाबाट प्रायः जाडो महिनामा बढी संक्रमण भएको पाइन्छ। यसका धेरै कारण छन्। मुख्य कारण भनेको चिसोको समयमा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमी हुने भएकाले हुने गर्दछ। निमोनिया प्रायजसो बूढाबूढी, धुम्रपान गर्ने व्यक्ति, फोक्सोका दीर्घरोगीमा भएको पाइन्छ।

रोगका किटाणु, फोक्सोको निश्चित ठाउँ र स्थानअनुसार निमोनियालाई वर्गीकरण गरिएको छ । घाँटी खसखसाउने, खोकी लाग्ने, हाछ्युँ आउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पातलो सिगान बग्ने, स्वाँ स्वाँ हुने, सास फेर्न कठिनाइ हुने आदिजस्ता लक्षण देखिए निमोनियाको लक्षण हुने हुँदा यस्तो लक्षण देखिनासाथ अस्पताल जानुपर्छ।

यस्ता छन् निमोनियाबाट बच्ने  उपायहरु

चिसोबाट जोगिने

मद्यपान र धुम्रपान त्याग्ने

धुवाँधुलोबाट जोगिने

विभिन्न खालका संक्रमण भएका व्यक्तिहरूबाट टाढा बस्ने

शारीरिक सरसफाइमा ध्यान दिने

खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुने

दैनिक शारीरिक व्यायाम गर्ने

प्रशस्त पानी तथा झोलिलो खानेकुरा खाने


प्रतिक्रिया दिनुहोस !
विचार