१.माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको प्रधानमन्त्री ओलीको भनाइ, माधव नेपाल प्रचण्डको पुच्छर भएको प्रतिकृया
२. प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक संस्कार नभएको एमाले नेता माधवकुमार नेपालको भनाइ, प्रधानमन्त्रीका अभिव्यक्तिको रेकर्ड गरेर राख्न सञ्चारकर्मीलाई आग्रह
३. संसद पुनःस्थापना हुनेमा ढुक्क हुने अवस्था नरहेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ, देशमा ठूलै षड्यन्त्र भइरहेको दाबी
४. काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो, सडकमा देखिन थाल्यो सवारी साधनको चाप
५.संसद विघटनबारेको रिटमाथि सरकारी पक्षका वकिलहरुले गरे बहस, संसद् विघटन संविधानसम्मत भएको जिकिर
६. संसदीय सुनुवाई बिनाका सबै नियुक्ति खारेज हुनुपर्ने कांग्रेस सभापति देउवाको भनाइ, ओली तल्लोस्तरको गालीगलौजमा उत्रिएको आरोप
७.. नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरु गुटगत छलफलमा व्यस्त, महामन्त्रीमा युवा पुस्ताका नेताहरुको दाबी
७. तीन दिनदेखि बेपत्ता भएकी चितवन गड्यौलीकी सुजिता भण्डारीको अवस्था अझै पनि अज्ञात, प्रहरीले सक्रियता नदेखाएको भन्दै स्थानीयको आक्रोश
८. राजधानीमा लकडाउनका समयमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालका अभियन्ताहरु पक्राउ परेको केहीसमयपछि नै रिहा , अभियन्ताहरुले सार्वजनिक जग्गा हडपेको प्रहरीको आरोप
९. टेकु अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त, यसअघि प्रवक्ता रहेका वास्तोलाले आजैबाट कार्यभार सम्हाले
११. पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ५३ जनाले कोरोना जिते, २ हजार ४४४ मा संक्रमण पुष्टी
१२. असार १८ बाट सबै प्रकारका सवारी साधन चलाउँने यातायात व्यवसायी र मजदुरको चेतावनी, असार १५ बाट सार्वजनिक सवारी साधन चलाउँन दिने सरकारी निर्णय एकांकी भएको भनाइ
१३. काठमाडौंका विभिन्न स्थानका ७ वटा सहकारी फुटाएर नगद र गहना चोर्ने व्यक्ति पक्राउ, पक्राउ पर्नेमा नुवाकोटका दीपक गजुरेल
१४. आगामी बुधबारबाट भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान, देशका विभिन्न स्थानमा बाढी पहिरोको सम्भावनालाई मध्यनजर गरेर पूर्व तयारी थाल्न आग्रह
१५. साउनदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, हालसम्म १८ हजार सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान