Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

अधिवेशन सकेर हिँडेका ओलीलाई बाटोबाटै प्रहरीले पक्राउ गरेपछि…


रोल्पा कांग्रेसको अधिवेशनको परिणाम घोषणा गरिसकेर काठमाडौं फर्कँदै गर्दा निर्वाचन अधिकृत सूर्यबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा कांग्रेसको जिल्ला अधिवेशनमा पौडेल–कोइराला प्यानलका किशोरकुमार आचार्य विजयी भएका थिए । आचार्य र देउवा पक्षका मानबहादुर खत्रीको प्यानल निर्वाचनमा लडेका थिए ।

जिल्ला अधिवेशन अन्तर्गत मतदान सकिएर गणना सुरु भएदेखि नै देउवा पक्षका खत्री समूहले पटक पटक अवरोधको प्रयास गरेको आचार्य प्यानलका सुदनकुमार ओलीले जानकारी दिए । रोल्पा कांग्रेसका पूर्वसभापति अमरसिंह पुनले मतगणनामा बसेका प्रतिनिधिले बहिस्कार गर्नेदेखि अनेक झमेला गरेर अधिवेशन प्रभावित पार्ने प्रयास भएको बताए ।

उनले गणना अवधिभर विवाद नै भएको छैन भने बीचबाट किन मतगणना गर्ने भन्दै सम्झाउँदा उनीहरुले बहिस्कार भन्दै बाहिरिएको जानकारी दिए । रोल्पाको अवस्था सिडिओले गृह मन्त्रालयमा जाहेर गरेपछि निर्वाचन अधिकृत ओलीसहितको टोली फर्किएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार