एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ । जसअनुसार अब एमालेको केन्द्रिय समिति ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरु रहनेछन् ।
हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम वैठकले केन्द्रीय समितिको आकार बढाउने निर्णय लिएको थियो । यसअघि २२५ सदस्यिय केन्द्रीय समिति रहेकोमा ७६ जना थप्ने निर्णय भएको हो । पदाधिकारी संख्या १५ बाट ४ जना थप भएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो ।
केन्द्रिय कमिटी वैठकको निर्णय अनुसार ९९ सदस्यिय पोलिटब्यूरो गठनको प्रस्ताव पनि बन्द सत्रबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।
पदाधिकारी बढाएपनि पार्टीभित्र सहमतिमा नेतृत्व चयन गर्ने विषयमा नेताहरु सहमत हुन सकेका छैनन् । विभिन्न नेताहरुले विभिन्न पदमा उम्मेद्वारी दिने क्रम जारी छ ।





