Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ ।

तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ । गत आइतबार बजारमा चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार