रातारात प्रतिनिधी सभा विघटन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभालाई भने सम्बोधन गर्ने भएकी छिन् ।
राष्ट्रपति भण्डारीको इच्छा बमोजिम राष्ट्रियसभामा उनले सम्बोधन गर्ने गरी कार्यतालिका तय गर्न लागिएको छ । राष्ट्रियसभा कार्यव्यवस्था समितिको बिहिबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे जानकारी गराएका हुन् । तर, सम्बोधनको मिति भने तय गरिएको छैन ।
राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा रहेपनि अघिपछि भने सम्बोधन गर्ने चलन छैन । तर, आफैंले दोस्रोपटक प्रतिनिधीसभा विघटन गरेकी राष्ट्रपतिले राष्ट्रियसभालाई सम्बोधन गर्ने इच्छा व्यक्त गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
केही संविधानविदले संवैधानिक राष्ट्रपतिको यो इच्छा अस्वभाविक रहेको बताएका छन् भने केहीले भने राष्ट्रप्रमुखको इच्छालाई बुझिदिनुपर्ने प्रतिकृया दिएका छन् ।