Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

राप्रपा अध्यक्ष कमल थापाले गरे अध्यक्षमा उम्मेदवारी घोषणा


राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए । उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपामा पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार