बिहिबारबाट शुरु भएको राष्ट्रियसभा बैठकमा विपक्षी सांसदहरु सरकारमाथि खनिएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जसपाको उपेन्द्र यादव समुहका सांसदहरु सरकारमाथि खनिएका हुन् । राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारले नभई सिडियोले देश चलाएको आरोप लगाए । उनले राष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि तिखो टिप्पणी गरे । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान च्यात्न खोजेको उनको आरोप थियो ।
माओवादी सांसद रामनारायण बिडारीले सरकार पटकपटक सर्वोच्च अदालतको मानहानी गर्न उद्यत रहेको आरोप लगाए । सर्वोच्चको आदेश विपरित नागरिकता सम्बन्धी अध्यादेश सरकारले राष्ट्रियसभामा पेश गर्न खोजेका भन्दै उनले नियमापत्ति समेत जनाए ।