Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सोमबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

तर, यता चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार