Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व नै उच्च जोखिममा छः डब्लुएचओ


कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका कैयौँ देशमा फैलिइरहेको छ । उक्त भाइरसको विश्वभरिनै उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने चेतावनी दिएको हो । सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुन आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो ।

उक्त भाइरस क्यानाडामा पनि भेटिएको छ । हालै अफ्रिकामा भेटिएको उक्त भाइरस क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा भेटिएको जनाइएको छ । तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरियन्ट भेटिएको हो भन्ने बारेमा भने जनाइएको छैन् । उता, पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको थियो ।

डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छर छैन, पुन स् सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार