Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

केन्द्रीय कमिटी बैठकमा नजाने माधव नेपाल पक्षको निर्णय


शुक्रबारका लागि बोलाइएको एमाले कन्द्रीय कमिटी बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष नजाने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सो समुहले बैठकमा नजाने निर्णय गरेको हो ।
यसअघि हिजो बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले माधवकुमार नेपाल पक्षका नेताहरुलाई निम्तो समेत पठाइसकेको छ । तर, केन्द्रीय कमिटीको बैठक बोलाएको दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरिएको माधव नेपाल पक्षले एक नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार