Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

झुक्याएर मन्त्री बनाइयो : रायमाझी


लुम्बिनी प्रदेशको राज्यमन्त्रीबाट शुक्रबार राजीनामा दिएकी सुमन शर्मा रायमाझीले आफूलाई छलछाममा पारी सरकारमा लगिएको बताएकी छिन् । राज्यमन्त्री पदबाट राजीनामा दिएको विषयमा जानकारी दिन जसपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफूलाई झुक्याएर मन्त्री बनाएको बताएकी हुन् ।
आफूलाई जसपाका सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको उनको भनाइ रहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई लेखेको पत्रमा समेत रायमाझीले आफूलाई छलछाममा पारेर सरकारमा लगिएको तर, आफूले हाल राजीनामा दिइसकेका कारण आफूमाथि कारबाही नगर्न अनुरोध गरेकी छिन् ।
सरकारबाट नबाहिरिए प्रदेश सांसदबाट हटाउँने चेतावनी अध्यक्ष उपेन्द्र यादवले दिएपछि मन्त्री रायमाझीले राजीनामा दिएकी हुन् ।


मन्त्री रायमाझीको राजीनामासँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । यता विपक्षी दलका नेताहरुले भने अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पदमा रहने अधिकार नरहेको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार