कोरोना संक्रमित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचार गराइरहेका छन् ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।
आजै सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदा बस्न सुझाव दिएका छन्। पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरुको बिहीबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्ष निकालेका हुन्।





