Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

नेता बिग्रिएका हुन्, जनता र कार्यकर्ता बिग्रिएका छैनन्: प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुने बताएका छन्। पेरिसडाँडामा आयोजित प्रदेश-२ का नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिलेको उपलब्धि सानो प्रयासले भएको होइन। जनताको बाँकी रहेको हक अधिकारलाई प्राप्त गर्न संविधान संशोधन र परिमार्जन गछौँ।’

उनले देशका सबैलाई समेट्नका लागि प्रधानमन्त्री हुँदा दुईपटक संशोधनको प्रस्ताव गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेका आरोप लगाए। प्रचण्डले भने, ‘मैले पहिले नै संविधान संशोधनको प्रस्ताव अघि सारेको थिएँ। संघीयता विरोधीहरूले संशोधन गर्न रोक लगाउने एमाले नेता केपी ओली नै हो। जुन उपलब्धि प्राप्त गर्न माओवादीले हजारौँको बलिदान खेल्यो। उसैलाई संघीयता विरोधी भएको भन्ने भ्रम छरियो।’

ओली गुट मधेश, समावेश र संघीयता विरोधी भएको उनको दाबी छ। संविधान रक्षा गर्नको लागि माओवादी बलियो हुनुको विकल्प नभएको जिकिर गरे। प्रचण्डले भने, ‘माओवादी कमजोर भयो भने देश र परिवर्तन र उपलब्धि बच्छ। माओवादी कमजोर भयो भने संविधान मिच्ने च्यात्ने, गणतन्त्र नै उल्टाउन खोज्नेहरू सक्रिय हुन्छन्। राष्टिय एकताको रक्षाको लागि माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !
विचार