एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले संघीयता तथा धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने बताएका छन् । एमाले केन्द्रीय कमिटि बैठकमा विभिन्न ८ बुँदे प्रस्ताव पेश गर्दै बस्नेतले १ नं बुँदामा संघीयताबारे समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तै मुलुकको विशिष्ट पहिचान घोषणा गर्नुपर्ने, धर्मनिरपेक्षता बारेमा समीक्षा गर्नुपर्ने, शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । बस्नेतको प्रस्तावमा दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउँने संवैधानिक व्यवस्था गरिनुपर्ने, पार्टी अध्यक्ष दुई कार्यकाल तथा पदाधिकारी ३ कार्यकाल भन्दा बढी रहन नपाउँने व्यवस्था गरिनुपर्ने, पार्टी र राज्यका राजकीय तथा शासकीय स्थानमा युवाहरुमा ४० प्रतिशत सुनिश्चितता गरिनुपर्ने प्रस्ताव उल्लेख छ ।
बस्नेतले पार्टीको राजनीतिक प्रतिवेदन, विधान अनि चुनावी घोषणापत्रमा यी विभिन्न व्यवस्थाबारे उल्लेख गर्नुपर्ने बताएका छन् ।