Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा


प्रचण्ड नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गर्दै नेकपा एमालेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुगेका हुन् ।
माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्र खारेजीको माग गरेका छन् ।
पूर्व माओवादी रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह लगायतका तर्फबाट प्रतिनिधित्व गर्दै एमाले नेताहरु लिलबहादुर थापा र रामचन्द्र मण्डल अधिवक्ता सरोज बुढाथोकीलाई लिएर आयोग पुगेका थिए । आयोगमा बुढाथोकीले हस्ताक्षर गरेको निवेदन बुझाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार