Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

३३ किलो सुन काण्डमा ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त काठमाडौंबाट पक्राउ


३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती समूहका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी गरिएका झापा जिल्ला शिवगंज गाविस-१ का ५० वर्षीय अग्रवाललाई आइतबार प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भइ फरार रहेका प्रतिवादीहरुमध्येका एक हुन् अग्रवाल। उनी दुबईबाट नेपाल आउँदै छन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो। उनी सञ्‍जिव शाक्यको जाहेरीमा ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरे भन्ने चुडामणि उप्रेतीसमेतको आपराधिक समूह स्थापना र सञ्‍जालका एक सदस्य रहेको प्रहरीले जनाएको छ।

मोरङ जिल्ला अदालतबाटसमेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि इन्टरपोल महासचिवालयबाट ुरेड नोटिसु जारी भएको थियो।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्नेरगराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार