Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

एकैदिन ४ बाट २१ पुगे भारतमा ओमिक्रोन संक्रमित


भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।

यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ । विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ ।

पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ । कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार