Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमै भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित


नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दियो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

विश्वका ५० भन्दा बढी देशहरुमा फैलिएको ओमिक्रोन अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइन्छ


प्रतिक्रिया दिनुहोस !
विचार