Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

रुसी राष्ट्रपति अकस्मात किन आउन लागे दिल्ली ?


रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज अपरान्ह भारत भ्रमणमा जाने भएका छन् । पुटिन दिल्लीमा केही घण्टा मात्रै रहने स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिन बीचको भेटवार्तालाई महत्वका साथ साथ हेरिएको छ ।
साँझ ५ः ३० बजे पुटिन र मोदीबीच शिखर वार्ता हुने बताइएको छ । यद्यपि पुटिन कति बजे नयाँ दिल्ली आइपुग्ने अझैसम्म सार्वजनिक गरिएको छैन । सुरक्षाको कारण दर्शाउँदै उनको कार्यसूचीलाई गोप्य राखिएको छ । मोदीसँगको वार्ता र रात्री भोजपछि राति नै पुटिनले नयाँ दिल्ली छाड्ने छन् ।
भारत र रुसबीच लामो समयदेखि सकारात्मक सम्बन्ध रहिआएको छ । रुस भारतका लागि महत्वपूर्ण हतियार आपूर्ति गर्ने देश हो । नयाँ दिल्लीमा हुने दुई देशबीचको शीर्ष तहको वार्तामा पनि आधुनिक हतियार खरिद तथा भारतमा हतियार उत्पादनको कारखाना चालू गर्ने सम्बन्धमा सहमति हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन ।


प्रतिक्रिया दिनुहोस !
विचार