नेकपा एमालेमा लामो समयदेखि जारी विवाद सुल्झाउन आज पनि कार्यदलको बैठक बसिरहेको छ ।
११ः३० बाट कार्यदलको बैठक बस्ने भनिएपनि केही ढिला गरी बैठक शुरु भएको हो ।
मेरियट होटेलमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार सहित बुधबार बसेको बैठकले कुनै सहमति जुटाउन नसकेपछि फेरि कार्यदल सक्रिय भएको हो । सर्वोच्च अदालतबाट संसद भंगका विषयमा फैसला आउनुअघि एमालेको संस्थापन पक्षले पार्टी एकताको विषयलाई प्राथमिकताका साथ उठाएको छ ।
फैसला आउनपूर्व नै अदालतमा रहेको मुद्धमा माधव कुमार नेपाल पक्षका नेताहरुको हस्ताक्षर फिर्ता गराउन सकियो भने आफूहरुको जीत हुने देखेर एमालेको संस्थापन पक्षले छलफललाई जोड दिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।