नेपालमा सोमबार २ जना ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएपछि विभिन्न सामाजिक सञ्जालमा लकडाउनको विषयलाई लिएर चर्चा भइरहेको छ । तर ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने लकडाउन बारे कुनै पनि निर्णय नभएको जनाएको छ ।
लकडाउनबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि यसबारे स्वास्थ्य मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्दा उनले यसलाई अफबाह भने । लकडाउनबारे कुनै निर्णय नभएको जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले भ्रममा नपर्न आग्रह गरे । ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै उनले स्वास्थ्य मापदण्डको भने पूर्ण पालना गर्न सबैमा आग्रह समेत गरे ।





