Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनचाँदीको मूल्य स्थीर रहेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार