Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

गगन थापाले बागबजारमा खोले सम्पर्क कार्यालय


नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनका लागि राजधानीको बागबजारस्थित होटल हार्दिकमा सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ। थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्।

गगन थापाले केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। संस्थापन इतर पक्षमा क्रियाशील रहेका थापाले यसअघि पनि सोही पदमा उम्मेदवारी दिएका थिए। सिटौला पक्षबाट उम्मेदवार बनेका थापा यतिबेला संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने पक्षमा छन्।

संस्थापन इतर पक्षमा साझा उम्मेदवार बन्न दबाब बढ्दै गएको छ। तर सभापतिका आकांक्षी नै धेरै भएकाले उक्त समूहले सभापतिकै उम्मदवार तय गर्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !
विचार