प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट संविधान विपरितको आदेश भएको जिकिर गरेका छन् ।
मन्त्रीपरिषद् थपघट गर्ने अधिकार प्रधानमन्त्रीको रहेको भन्दै उनले संसद हुनु र नहुनुले प्रधानमन्त्रीको अधिकार कटौती हुन नसक्ने जिकिर गरेका हुन् । संसद विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रीपरिषद पुनर्गठनलाई सर्वोच्चले उल्ट्याइदिएपछि सर्वोच्चलाई लिखित जवाफ दिदै उनले भनेका छन्, प्रधानमन्त्रीय प्रणालीमा मन्त्री राख्ने या हटाउने अधिकार प्रधानमन्त्रीसँग हुन्छ । प्रधानमन्त्री ओलीले सर्वोच्चलाई पठाएको लिखित जवाफको अडियो रुपान्तरण सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।