विप्लव सहित ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । २८ गते बस्न लागेको संसद बैठकबाट एमसीसी पास गर्ने षड्यन्त्र भएको भन्दै संसद भवन घेराउ गर्न लागिएको बताइएको छ ।
जनतालाई झुक्याएर एमसीसी पास हुन सक्ने भन्दै यसको विरुद्धमा मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको ६ दलीय गठबन्धनले जनाएको छ । यस्तै २७ गते नेपालस्थित एमसीसी कार्यालय घेराउ गर्ने कार्यक्रम राखिएको छ ।
छ दलीय गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दल तथा मोर्चा रहेका छन् ।





