आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको थियो ।





