Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

विपक्षी गठबन्धनका विरुद्ध राष्ट्रिय युवा संघको भोली प्रदर्शन


सरकार र नेकपा एमालेलाई घेराबन्दीमा पार्ने काम गरिएको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले भोली काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएको छ ।
दिउँसो ३ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघले जनाएको छ । विपक्षी गठबन्धनले असंवैधानिक र राष्ट्रघाती काम गरिरहेको भन्दै युवा संघले त्यसका विरुद्ध सडक प्रदर्शन गर्ने बताएको हो ।
सडक प्रदर्शनमा सहभागी हुन भन्दै युवा संघले सामाजिक सञ्जालमा प्रचारात्मक अभियान समेत सञ्चालन गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार