Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

कांग्रेस महाधिवेशन: एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल


नेपाली कांग्रेसको १४ औं महाधिवेशनले तीन कम्युनिष्ट नेताहरूलाई एकै मंचमा बस्ने जुराएको छ। राजनीतिक तिक्तताका बीच नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज एकै मञ्चमा देखिएका हुन्। ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन्।

ओली देउवाको बायाँ बसेका छन् भने दायाँतर्फ प्रचण्ड र माधव नेपाल छन्। बिहीवार बिरामी रहेका ओली महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुने कुरामा आशंका गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता ओलीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध छैन। सर्वोच्च अदालतको आदेशमा एमाले र माओवादी ब्यूँतिएको थियो। नेपालले भने एमाले नै विभाजन गरेर नयाँ दल गठन गरेका थिए। एमालेले हालै चितवनमा सम्पन्न गरेको १० औं महाधिवेशनको उद्घाटनमा प्रचण्ड निमन्त्रणा पाएर पनि सहभागी भएनन् भने नेपाललाई एमालेले निमन्त्रणासमेत गरेन।


प्रतिक्रिया दिनुहोस !
विचार