Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

अमेरिकी राजदूतले नेपालीमा लेखे : १५ लाखभन्दा बढी खोप आउँदैछ


नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख भन्दा बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराउँन लागेको बताएका छन् ।
सामाजिक सञ्जाल टुइटरमा नेपाली भाषामा लेख्दै उनले भनेका छन्,‘ आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ । नेपाल अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’


नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउँन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिलाई केहीदिनअघि पत्र लेखेकी थिइन् । राष्ट्रपतिले पत्र लेख्दा समेत अमेरिकाको कुनै प्रतिकृया नआएपछि यता नेपालमा भने राष्ट्रपति भण्डारीको आलोचना हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार