Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका लागि दुई डोज खोप अपर्याप्त


हालै भेटिएको कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन संक्रमणबाट जोगिन कोरोना विरुद्ध बनेका दुई डोज खोप पर्याप्त नहुने भन्दै बेलायतका वैज्ञानिकहरुले सचेत गराएका छन् । प्रारम्भिक अध्ययनले कोरोनाका ओमिक्रोन र डेल्टा भेरियन्ट विरुद्ध खोप खासै प्रभावकारी नभएको पाइयो । तर बुस्टरका रुपमा दिइएको तेस्रो डोज खोपपछि भने ७५ प्रतिशत प्रभावकारी भएको अध्ययनबाट देखिएको छ ।

खोपको प्रभावकारिताका विषयमा अध्ययन र विश्लेषण भइरहँदा बेलायतमा भने कोरोना संक्रमण निरन्तर रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ९ यताकै सबैभन्दा बढी हो । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि बढ्दो क्रममा छ । बितेको २४ घन्टामा मात्रै ४ सय ४८ जना ओमिक्रोन संक्रमित थपिएका छन् ।

हालसम्म ओमिक्रोन संक्रमित हुनेको संख्या १ हजार २ सय ६५ पुगेको छ । बढ्दो संक्रमणको जोखिम कम गर्न बेलायतले सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार