Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

झलनाथ खनालको उपचार खर्च राज्यले बेहोर्ने निर्णयप्रति गगन थापाको आक्रोश


नेपाली कांग्रेसका युवा नेता गगन थापाले विदेशमा उपचार गराइरहेका उच्चपदस्थको उपचार खर्च राज्यले गर्न नमिल्ने बताएका छन् ।
विदेशमा उपचार गराइरहेका उच्चपदस्थको उपचार खर्च राज्यले बेहोर्ने निर्णय कानुन विपरित भएको उनको भनाइ छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएपछि त्यसप्रति लक्षित गर्दै नेता थापाले सामाजिक सञ्जालमा टुइटरमार्फत असहमति व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्,‘ उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास ग¥यौं र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।’
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले ओली सरकारले २०७४ सालमा ल्याएको जनस्वास्थय विधेयकमा आफूले संसोधन प्रस्ताव हालेको स्मरण गर्दै भनेका छन्, ‘ कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ, यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५÷६÷२ गतेदेखि लागू भयो । कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । प्रधानमन्त्रीजी, अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’


यता झलनाथ खनालको परिवार उपचार खर्चका लागि आफैं सक्षम भएपनि सरकारले दिएको रकम स्विकारेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार