प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई अवैधानिक भन्दै पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगमा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुको दाबीलाई निर्वाचन आयोगले खारेज गरिदिएको हो । माओवादी केन्द्र वैधानिक रहेका पाँच आधार प्रस्तुत गर्दै निर्वाचन आयोगले अधिवक्ता सरोज बुढाथोकीको निवेदन खारेज गरेको जनाएको छ ।
माओवादीका पूर्व नेताहरु रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी लगायतका नेताहरु सरोज बुढाथोकीलाई अघि सारेर निर्वाचन आयोग पुगेका थिए । यही असार २३ गते आयोगमा दर्ता भएको निवेदन खारेज भएको निर्वाचन आयोगले सूचना मार्फत सबैलाई जानकारी गराएको छ ।