Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

शशांकले पनि भने : मेरो गुट छैन


C

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जारी कांग्रेस महाधिवेशनमा आफ्नो कुनै गुट नरहेको बताएका छन् । नेतृत्व चयनका लागि मतदान स्थलमा पुगेका कोइरालाले आफू कांग्रेसको कुनै पनि गुटमा नरहेको बताएका हुन् ।
सभापति शेरबहादुर देउवा र सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले शशांक कोइरालाको समर्थन आफूलाई रहेको दाबी गरिरहेका बेला शशांकको यस्तो भनाइ सार्वजनिक भएको हो । चुनावी प्रतिष्पर्धामा रहेका सभापतिका उम्मेदवारहरुले शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो पक्षमा रहेको प्रचार गर्दै भोट मागिरहेका छन् ।
रामचन्द्र पौडेलले यसअघि नै आफू मतदानको प्रकृयामा नै सामेल नहुने धारणा सार्वजनिक गरिसकेका छन् भने शशांकले आफूले गोप्य मतदान गर्ने भएकाले कसलाई मत हाल्ने भन्ने विषयमा भनिरहनु नपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार