Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मतदान गरेर बाहिरिए सभापतिका उम्मेद्वार देउवा र सिंह


नेपाली कांग्रेसको नेतृत्वका छान्नका लागि जारी १४औँ महाधिवेशनमा मतदानका भृकुटीमण्डप पुगेका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा र प्रकाशमान सिंह मतदान सकेर बाहिरिएका छन्। मतदानका लागि देउवा करिब एक घण्टा मतदानस्थलमा बसेका थिए।

आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि करिब तीन घण्टा ढिला गरी मतदान जारी छ। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्।

सभापतिका अन्य दुई उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंहले भने बिहानैदेखि मतदानस्थलमै बसेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्।​ निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार