Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मतदानपछि विमलेन्द्र निधिले दिए यस्तो प्रतिक्रिया


नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफैंलाई सभापति पदमा भोट हाल्न पाउँदा आनन्द महसुस भएको बताएका छन् । उनले भने — नाम रोज्न मलाई गाह्रो भएन।

कसलाई भोट दिने हो भन्ने आफूलाई थाहा छ । १३ औं महाधिवेशनसम्म अरुलाई सभापति बनाउन मत दिएको भएपनि यो पटक आफ्नै लागि मतदान गर्दा उत्साहित भएको उनले बताए ।

निधिले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए। यसपटक भने उनले दोस्रो चरणमा सभापति छानिने अवस्था आए आफू देउवा इतर पक्षमा उभिने घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार