सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनका नेताहरु रणनीतिक बैठकका जुटेका छन् ।
संसद पुनःस्थापना भएपछिको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न नेताहरु बैठकमा जुटेका छन् ।
शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस नेताहरु अनौपचारिक छलफलमा बसेका थिए भने त्यस लगत्तै विपक्षी गठबन्धनका नेताहरु माधवकुमार नेपाल निवास कोटेश्वरमा जम्मा भए ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु रहेको गठबन्धनका एक नेताले जानकारी दिए ।