Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

कांग्रेसले भन्यो : लिक बाहिर गएको संविधान ट्रयाकमा आयो


संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको नेपाली कांग्रेसले स्वागत गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै फैसलाको स्वागत गरेका हुन् । लिक बाहिर गएको संविधान अदालतको फैसलापछि ट्रयाकमा आएको विज्ञप्तीमा उल्लेख छ ।
देश हितमा काम गर्नका लागि फैसलाले सबैलाई जिम्मेवार बनाएको देउवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘फैसलालाई व्यक्तिगत जीत हारका रुपमा नभई सबैले लोकतन्त्रको जीतका रुपमा लिनुर्दछ ।’


प्रतिक्रिया दिनुहोस !
विचार