सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि परिवर्तित अवस्थामा विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले भने स्थायी कमिटी बहिष्कार गरेका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्न परमादेश जारी गर्दै संसद पुनःस्थापनाको फैसला अदालतले गरिदिएछि प्रधानमन्त्री ओली पक्ष आक्रोशित बनेको छ । परमादेश कार्यान्वय नगर्न राष्ट्रपतिलाई ओली पक्षले भित्री सल्लाह दिएको बुझिएको छ ।