Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मतदानअघि प्रतिनिधिहरूलाई शेखर कोइरालाको यस्तो अपिल


नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको मतदानबाट आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।पहिलो चरणको मतदानबाट सभापतिका पाँचै जना उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पछि आजै दिउँसो साढे ३ बजेपछि दोस्रो चरणको मतदान हुँदैछ।

मतदान हुनुअघि पत्रकार सम्मेलन गर्दै कोइरालाले विवेकको प्रयोग गरी अन्तर्गतको आवाज सुनेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।उनले गुट उपगुट र भागभण्डालाई बिर्सेर मतदान गर्न पनि अपिल गरे। आफूले रुपान्तरण र पुर्नजागरणको कुरा गर्दै आइरहेको उल्लेख गर्दै त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन काम गर्ने कोइरालाको भनाई थियो।

महाधिवेशन प्रतिनिधिहरू आफैँ नेता हुन् भन्दै उनले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुनेसमेत बताए।


प्रतिक्रिया दिनुहोस !
विचार