Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान सुरु, मत माग्दै नेताहरु


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्।

देउवालाई तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सघाउने भएका छन्। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मत खसालेका छन्। यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ लागेका छन्


प्रतिक्रिया दिनुहोस !
विचार