भोलि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दै विपक्षी गठबन्धनको बैठक सकिएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले भोलि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि विपक्षी गठबन्धन देउवा प्रधानमन्त्री बन्नेमा विश्वस्त देखिन्छ ।