Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

जस्मिन पेन्ट्स सँग साईग्रेस अनुबन्धित


नेपाली पेन्ट्सहरु मध्ये अग्रणी स्थानमा रहन सफल जस्मिन पेन्ट्स प्रा.लि. ले चर्चित नेपाली कथाकार साईग्रेस पोखरेल लाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई अनुबन्धित गरेको हो ।
बिगत २७ वर्ष देखि नेपाली घरहरुलाई सुहाउदो अन्तराष्ट्रिय गुणस्तरको उच्च कोटीका रंगहरु उत्पादन गर्दै आएको यस कम्पनीले नेपाली बजारमा राम्रो छाप छोड्न सफल भएको छ । अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड २०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्ड बाट सम्मानित यस कम्पनीले आफ्नो उत्पादनहरुको प्रचारका लागि साइग्रेससँग सम्झौता गरेको हो ।
साईग्रेस पछिल्लो समय नेपाली समाजमा प्रख्यात कथा वाचक तथा मार्ग निर्देशकका रुपमा परिचित रहेका छन् । उनका बोली र शब्दहरुले मानिसहरुलाई आकर्षित बनाउदै आएको पाउन सकिन्छ ।
नेपाली मनको नेपाली रंग जस्मिन पेन्ट्सले ग्राहकहरुको माग र चाहना अनुआर आफ्ना नयाँ उत्पादनहरुमा बृद्दि गर्दै आएको छ । स्वदेशी बस्तुहरु उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनी मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सञ्चालित रहेको छ । जस्मिन पेन्ट्स सँग साईग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा आफु विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताए ।
लोकप्रिय रहेका कथाकार सँगको सहकार्यले युवा पुस्ताहरु माझ जस्मिन पेन्ट्सले थप लोकप्रियता आर्जन गर्ने कम्पनीका कन्ट्री म्यानेजर डिल्लीराम पौडेले बिश्वास ब्यक्त गरे । यता नेपाली पेन्ट्सहरुमै अग्रणी स्थानमा रहन सफल रंग कम्पनीसँग आफु अनुबन्धित हुन पाउँदा निकै खुसि भएको कथाकार साईग्रेसले बताए । यस कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा भने मह जोडी रहेका छन ।


प्रतिक्रिया दिनुहोस !
विचार