Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको प्रदर्शन


नेपाल बार एशोसिएशनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । न्यायलयको शुद्धिकरणका लागि प्रधानन्यायधिश राणाको राजीनामा आउनुपर्ने भन्दै नेपाल बारको अगुवाईमा प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । बारले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल

बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार