Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला रु एक हजार २३५ मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार