Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

उपसभापति जितेलगत्तै किन बोहोराटार पुगे धनराज गुरूङ ?


नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरूङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्। मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरूङ पौडेललाई भेट्न बिहीबार बिहान बोहोराटार पुगेका हुन्।

पौडेलले गुरूङलाई बधाई दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए। उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाएर आमचुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए।

उनले उपसभापति गुरूङसँग आफू र निवर्तमान महामन्त्री शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार