Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण


चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो ।

जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार