नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाए ।
शर्माले जितपछि सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको प्रतिक्रिया दिए । फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई एक बनाउनु भन्ने सन्देश प्रतिनिधिले दिएको शर्माले बताए ।
महामन्त्रीमा विश्व र गगनले जित्दै गर्दा प्रकाशशरण महतले १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ।





