Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सहमहामन्त्रीको मतगणना पनि आजै


नेपाली कांग्रेसको महामन्त्रीको परिणाम सार्वजनिक भएसँगै सह महामन्त्रीहरुको मतगणना गर्ने तयारी भइरहेको छ ।
निर्वाचन समितीका अनुसार सहमहामन्त्रीको मत गणना विहीबार अबेर साँझबाट हँदैछ । । आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको हो ।
अहिले सम्म भएको मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । देउवा प्यानलबाट उम्मेदवार बनेका महामन्त्रीका दुबै उम्मेदवार पराजित भएका छन् भने उपसभापतिमा एक जना उम्मेदवार मात्रै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार