Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका २ र कोइराला प्यानलका १ विजयी


नेपाली कांग्रेसको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका २ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् । ८ सहमहामन्त्री मध्ये विभिन्न ३ क्लष्टरको मतपरिणाम सार्वजनिक हुँदा महिलातर्फ डीना उपाध्याय, आदीवासी जनजातितर्फ भिष्मराज आङदेम्बे र दलिततर्फ जीवन परियार विजयी भएका हुन् ।
उपाध्याय र आङदेम्बे सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने परियार डा. कोइराला प्यानलका उम्मेदवार हुन् । महिला सहमहामन्त्रीतर्फ विजयी भएकी डिना उपाध्यायले २५३३ मत ल्याउँदा उनकी निकटतम प्रतिष्पर्धी कमला पन्तले २१०५ मत ल्याएकी छिन् ।
यस्तै दलिततर्फ निर्वाचित सहमामन्त्री जीवन परियारले २२१२ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी मिन बहादुर विश्वकर्माले २१७५ मत ल्याए । आदिवासी जनजातीतर्फको सहमहामन्त्रीमा भिष्मराज आङदेम्बेले २७११ मत ल्याए भने उनका निटकतम प्रतिष्पर्धी विकास लामाले १९१२ मत ल्याए ।
सहमामन्त्रीका अन्य क्लष्टरको मत परिणाम शुक्रबार दिउँसो सम्म आइसक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार